२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भद्रपुरमा इन्डो-नेपाल टी-२० क्रिक्रेट च्याम्पियनसिप हुने

अ+ अ-

झापा । भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी माघ २१ देखि २८ गतेसम्म ‘कोशी पाथिभरा इन्डो नेपाल टी-२० च्याम्पियनसिप कप क्रिक्रेट प्रतियोगिता’ हुने भएको छ ।

नेपालका चार र भारतका चार टोलीको सहभागिता रहने उक्त प्रतियोगिताका विजेताले रु पाँच लाख र उपबिजेताले रु तीन लाख नगद पुरस्कार पाउने आयोजक समितिका संयोजक मनोज सुब्बाले बताए। प्रतियोगितामा भाग लिन भारतबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनउ, क्रिकेट कोचिङ एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेको उनले जानकारी दिए।

यसैगरी नेपाली टोलीहरू भद्रपुर क्रिकेट क्लब, विराटनगर किङ्ग्स डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौँ गोर्खाज डेभलपमेन्ट स्क्वाड रहेका छन् । भारतबाट सहभागी टोलीमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरू र नेपाली क्लबबाट एनपीएल खेलिसकेका खेलाडीहरू मैदानमा उत्रिने उनको भनाइ छ । 

भद्रपुर नगरपालिका–८ स्थित मेची बहुमुखी क्याम्पसको खेल मैदान लिजमा लिएर भद्रपुर क्रिक्रेट क्लबले तीन वर्षको अवधिमा शानदार क्रिक्रेट मैदान निर्माण गरिसकेको छ । प्रतियोगिता त्यही मैदानमा हुने भएको छ ।

खेलबाट मुलुकको पर्यटन क्षेत्रमा योगदान पुग्ने भएकाले आयोजकले कोशी र पाथिभरासमेत जोडेर प्रतियोगिताको नामकरण गरेका छन् । झापा क्रिक्रेट संघका अध्यक्ष प्रवीण थापाले क्रिक्रेटका माध्यमबाट नेपालको पहिचान र प्रतिष्ठा विश्व मञ्चहरूमा उच्च भइरहेको धारणा व्यक्त गर्दै भद्रपुरमा आयोजना हुन लागेको क्रिक्रेट प्रतियोगिताले खेलाडी उत्पादनमा ठूलो योगदान पुर्‍याउने बताए। 

प्रतियोगितामा रु एक करोड २२ लाख खर्च हुने र क्रिक्रेट मैदानको दर्शक क्षमता १० हजार रहेको संयोजक सुब्बाले जानकारी दिएका छन् ।