काठमाडौँ । विभिन्न कार्यक्रमहरू गरी पृथ्वी जयन्ती मनाइएको छ । आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वी जयन्तीका रूपमा मनाउने गरिन्छ ।
यसक्रममा प्रमुख प्रशासनिक निकाय सिंहदबावारको पश्चिम ढोकानजिक रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष विमला घिमिरे, सरकारका विभिन्न मन्त्रीहरू, विभिन्न राजनीतिक पार्टीका नेता-कार्यकर्ता तथा शुभचिन्तकले त्यहाँ पुगेर माल्यार्पण गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता-कार्यकर्ता, राजावादीहरूको ठुलो उपस्थिति थियो ।







