२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेसमा अब इतर र भितर छैन, हामी नेतृत्व फेरेर जान्छौँ’ : केदार कार्की

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता केदार कार्कीले विशेष महाधिवेशनबाट नेतृत्व फेरेरै जाने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै उनले भने, ‘हामी नेतृत्व फेरेर जान्छौँ ।’

भए नियमित नभए निर्वाचन अगाडि नै विशेष महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा आफू भएको उल्लेख गर्दै उनले काँग्रेस मालिकको आदेशले नभएर आम कार्यकर्ताहरूले बनाएको संरचना भएको बताए ।

कोशीका पूर्वमुख्यमन्त्री समेत रहेका कार्कीले आफू शेखर कोइरालाका प्रतिनिधिका रूपमा सहभागी भएको उल्लेख गर्दै उनले आवाजलाई साकार पार्नका लागि पनि विशेष महाधिवेशन स्थलमा पुगेको बताए ।

शेखर पनि भए नियमित नभए विशेष महाधिवेशनको पक्षमा नै रहेको कुरा उनले पहिले नै भनिसकेको उनको भनाई थियो ।

उनले भने, ‘म नियमित महाधिवेशनको पक्षमा छु नभए विशेष महाधिवेशनको पक्षमा छु भनेर उहाँ शेखरले भन्नुभएको थियो । उहाँको भौतिक उपस्थिति नभए पनि म उहाँको प्रतिनिधि बनेर आएको हुँ ।’

उनले नेपाली काँग्रेसमा गुटगत राजनीति विशेष महाधिवेशनले खारेज गरिदिएको उल्लेख गर्दै भने, ‘अब इतर र भितर छैन । भन्ने सन्देश दिनलाई पनि विशेष महाधिवेशनमा आएका छौँ ।’