२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाको प्रश्न : ‘के देशले शेरबहादुर देउवा चाहियो भनेर मागेको हो’

अ+ अ-

काठमाडौँ । काँग्रेस विशेष अधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गगन थापाले ‘जेन जेड आन्दोलनपछि के बदलियो ?’ भन्दै प्रश्न गरेका छन् । उनले भने, के देशले शेरबहादुर देउवा नै चाहियो भनेर मागेको हो ?’

नेता थापाले आफूहरूले कुनै व्यक्तिगत पद वा लाभ नचाहेको स्पष्ट पार्दै भने, ‘पटक-पटक भनेका छौँ, आज बिहान पनि भनेँ-हामीलाई केही चाहिएको छैन । विशेष महाधिवेशनको हलबाट एउटा अन्तरिम नेतृत्व बनाऔँ । कसलाई बनाउने, तपाईँहरू बनाउनुहोस् । हामीलाई टेक्ने एउटा ठाउँ दिनुहोस् । २१ फागुनको निर्वाचनमा जाँदा केही त नयाँ लिएर जाऔँ । यो म सभापति हुने कुरासँग जोडिएको विषय होइन । हामी जोखिम उठाउन तयार छौँ ।’

उनले अगाडि भने, ‘हाम्रो प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा होइन भनेर त जाऔँ । उहाँलाई अपमान गर्न खोजिएको होइन, उहाँ हाम्रो नेता हो । तर विशेष महाधिवेशनपछि ‘काँग्रेस बदलिएर आयो’ भन्न सक्ने कि नसक्ने ? प्रश्न यही हो ।’

थापाले कसलाई सभापति बनाउने वा सामूहिक नेतृत्व छानेर निर्वाचनमा जानेसम्मको प्रस्ताव आफूहरूले राखेको स्पष्ट पारे ।

थापाले आफूलाई केही नचाहिएको र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा केही नयाँ कुरा लिएर जान जोखिम मोलेको बताएका छन् ।