२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि नगद कारोबारमा नयाँ नियम लागु

अ+ अ-

काठमाडौँ । आजदेखि पैसाको कारोबार शैलीमा फेरबदल भएको छ। सरकारले ५ लाख रुपैयाँभन्दा बढीको कारोबार अनिवार्य रूपमा बैंकमार्फत मात्र गर्ने गरी नयाँ प्रावधान ल्याएको हो।

नगद कारोबारमा कडाइ गर्ने निर्णय गत मङ्सिर १६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय राजपत्रमा प्रकाशित भएसँगै आजदेखि कार्यान्वयनमा आएको हो।

सरकारले एक दशकअघिदेखि नै नगद कारोबारमा सीमा लगाउँदै आएको छ। २०७३ चैत १० गते राजपत्रमा सूचना जारी गरी पहिलो पटक नगद कारोबारको सीमा १० लाख रुपैयाँ तोकिएको थियो। उक्त व्यवस्था २०७४ साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो।

सोही व्यवस्था अनुसार हिजोसम्म १० लाख रुपैयाँसम्मको कारोबार नगदमा गर्न पाइन्थ्यो। तर, आजदेखि त्यो सीमा आधा घटेर ५ लाख रुपैयाँमा सीमित भएको छ। अब ५ लाख वा सोभन्दा बढी मूल्यको कुनै पनि वस्तु तथा सेवा खरिद(बिक्री गर्दा नगदमा भुक्तानी गर्न पाइने छैन।