२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपहाडी लोकमार्ग: ‘आर्क ब्रिज’ निर्माण सुरु

अ+ अ-

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । 

राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको मोदी गाउँपालिका-२ र पातिचौर-६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका इन्जिनियर कल्पना मिश्रका अनुसार पुल ६२ मिटर लामो र ११ मिटर चौडा हुनेछ । डबल स्पानको पुल निर्माणका लागि रु. सात करोड ५० लाख विनियोजन भएको छ ।

उक्त मार्गअन्तर्गत हालसम्म पर्वतखण्डको तमादीखोला र बागलुङको काठेखोलामा पुल निर्माण भएका छन् । सुन्दरेखोला र मोदीखोलामा पनि निर्माण जारी छ । मोदीखोलाको पुल आगामी भदौ मसान्तभित्रमा सम्पन्न गरिसक्नुपर्ने छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडकको तीन वर्ष पहिला नै दुई लेनको सडक स्तरोन्नति भैसकेको छ । सडक दुई लेनको बने पनि पुरानो संरचनामा बनेका ‘सिंगल लेन’का पुलले सवारीको चाप धान्न कठिन भएकाले नयाँ पुल निर्माण थालिएको हो ।