२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलिदेखि आईसीसी महिला टी-२० विश्वकप छनोट सुरु हुँदै

अ+ अ-

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । उक्त प्रतियोगिता नेपालले आयोजना गरेको हालसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हो । १० देश सहभागी प्रतियोगिताको शीर्ष ४ मा पर्ने टोलीले आगामी जुन–जुलाईमा हुने महिला टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।

पहिलो पटक एसिया क्षेत्र छनोट चरण पार गरेको नेपाललाई घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा पुग्ने स्वर्णिम अवसर छ । वरियतामा आफूभन्दा माथि रहेका र विश्वकप खेलिसकेका देशहरूलाई पन्छाउँदै विश्वकप पुग्न भने नेपाललाई सहज हुने छैन ।

नेपाल पहिलो पटक विदेशी प्रशिक्षकको प्रशिक्षणमा मैदानमा उत्रिनेछ । नेपाल क्रिकेट संघ क्यानले यस प्रतियोगिताभन्दा अघि भारतीय प्रशिक्षक हर्षल पाठकलाई मुख्य प्रशिक्षकको रूपमा भित्राएको थियो । विदेशी प्रशिक्षकको एडभान्चेड पनि नेपाललाई हुनेछ ।

नेपाली पुरुष क्रिकेट टोलीले तेस्रो पटक टी-२० विश्वकप खेल्ने तयारीमा छ । यु-१९ महिला पुरुष टोलीले विश्वकप खेलिसकेका छन् । हालसम्म विश्वकप खेल्ने नसकेको सिनियर महिला टोलीलाई घरेलु मैदानमा छनोट चरण पार गर्दै विश्वकप पुग्ने अवसर छ । त्योसँगै दबाब पनि रहनेछ ।

प्रतियोगिताअघि नेपालले आयरल्याण्ड र अमेरिकासँग वार्मअप खेल खेलेको थियो । तर, दुवै खेलमा पराजित हुन पुग्यो । दुवै खेलमा नेपालको सम्झनलायक प्रदर्शन रहन सकेन । ती वार्मअप खेललाई बिर्सिएर छनोटका खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने चुनौती नेपाललाई छ ।

प्रतियोगितामा आयोजक नेपाल समूह ‘बी’मा छ । उक्त समूहमा नेपालसहित स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बाब्बे र नेदरल्याण्ड्स छन् । समूह ‘ए’ मा बंगलादेश, आयरल्याण्ड, पिएनजी, नामिबिया र अमेरिका छन् । दुवै समूहबाट शीर्ष-३ मा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष-४ मा रहने टोलीले विश्वकपमा स्थान पक्का गर्नेछ ।

नेपालले पहिलो खेल आइतबार थाइल्याण्डसँग खेल्नेछ । उक्त खेल टीयु क्रिकेट मैदानमा हुनेछ । नेपालले दोस्रो खेल बिहीबार नेदरल्याण्ड्स, तेस्रो खेल शनिबार जिम्बाब्बे र चौथो खेल अर्को मंगलबार स्कल्याण्डसँग खेल्नेछ । नेपालका सबै खेल टीयु मैदानमा हुनेछ ।

प्रतियोगितामा समूह चरणका खेलसम्म दैनिक ४ खेल हुने तालिका छ । दुई खेल टीयु र दुई खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ । सुपर सिक्सका खेलहरू दैनिक ३ वटा हुनेछन् ।