२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिखर पावरको आईपीओ आजदेखि बिक्री खुला 

अ+ अ-

 काठमाडौँ। शिखर पावर डेभलपमेन्ट कम्पनीले आजदेखि प्राथमिक सेयर (आईपीओ)बिक्री खुला गरेको छ ।

 कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेकाहरूका लागि अंकित मूल्य १ सयका दरले प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जलविद्युत् समूहको यो कम्पनीमा ६७.३५ प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

प्रभावितका रूपमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका सम्पूर्ण वडा र ढोरपाटन नगरपालिका वडा नम्बर २ का स्थानीयले आवेदन दिन सक्नेछन् । कम्पनीले ९ लाख ८० हजार कित्ता सेयर प्रभावित स्थानीयका लागि छुट्याएको छ । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको बुर्तिबाङ र बागलुङ बजारको शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका बुर्तिबाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रभावित क्षेत्रका स्थानीयले छिटोमा माघ २० गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रूपमा आवेदन नपरेमा ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै कम्पनीले वैदेशिक रोजगारमा रहेकालाई २ लाख २२ हजार कित्ता सेयर छुट्याएको छ । वैदेशिक रोजगारमा रहेकाले छिटोमा माघ ९ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन सक्नेछन् ।