काठमाडौँ। नेपाली काँग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले पार्टीको जिम्मेवारी राजीनामा दिएका छन् ।
उनले पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिँदै झापा ५ मा रास्वपाका उम्मेदवार बालेन साहलाई सघाउने बताएका छन् ।
प्रसाईँले आफ्नो पद र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गरेको घोषणा गर्दै अबको आफ्नो यात्रा पद, कुर्सी वा झण्डाका लागि नभई देशमा परिवर्तन ल्याउनका लागि हुने बताएका छन्
उनले बालेन साहलाई विजयको अग्रिम शुभकामना दिँदै लेखेका छन्,’काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन साहलाई विजयको अग्रिम शुभकामना दिँदै मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु।’
प्रसाईँकी श्रीमती रेगिना भट्टराई दमक नगरपालिकाकी उपमेयर छन् । उनी नेपाली काँग्रेस तर्फबाट ०७९ को चुनावमा विजयी भएकी हुन् ।







