काठमाडौँ । नेकपा एमालेले स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले निर्भिक भएर आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न अपिल गरेको छ।
नेकपा एमाले आम निर्वाचन प्रचार समितिले मंगलबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै लोकतन्त्रलाई सही दिशामा फर्काउनका लागि निर्भिक भएर आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न अपिल गरेको हो।
वर्तमान शासन प्रणाली, संवैधानिक सर्वोच्चता, कानुन शासन, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेले तय गरेको लक्ष्यलाई हासिल गर्न आफ्ना उम्मेदवारलाई मतदान गर्न एमालेले आग्रह गरेको छ। निर्वाचनमा यसपटक ५४ दशमलव ५४ प्रतिशत नयाँ अनुहारलाई मौका दिइएको एमालेले जनाएको छ।







