२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइसराइ

अ+ अ-

पर्वत । पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी नागरिक बसाइँ सरेका छन् । आर्थिक वर्ष विसं २०८१/ ८२ मा पाँच सय २५ जना बसाइसराइ गरेका हुन् । नगरका विभिन्न वडाबाट  एक सय ५३ घरपरिवारका पाँच सय २५ जना बसाइसराइ गरेको नगरपालिकाका पञ्जीकाधिकारी अधिकृत ऋषिराम शर्माले बताए । उक्त अवधिमा ३३ जना नगरमा फर्किएर आएका छन् । एघार वडा रहेको नगरपालिकाबाट चालु वर्षमा पनि बसाइसराइ जानेको दर उल्लेख्य मात्रामा बढेको पाइएको छ ।

फलेवास –११ वाट धेरै परिवार विस्थापित भएका छन् भने सबैभन्दा थोरै बसाइसराइ वडा नंं ५ खानीगाउँबाट भएको छ । आसन्न निर्वाचनको वर्ष भएकाले  पनि मताधिकार बसेको स्थानबाटै प्रयोग गर्न तथा अन्य सेवा सुविधाका लागि बाहिरिने दर बढेको नगरपालिकाका प्रवक्ता अच्युत तिवारीले जानकारी दिए। शिक्षा, स्वास्थ्य, यातायात र रोजगारी अवसरको खोजीमा नगरपालिकाबाट बाहिरिनेको दर बढ्दै जान थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार वडा नं १ कार्कीनेटामा दुई जना बसाइँ आएका छन् भने ३५ जना बसाइसराइ गरी गएका छन् । यस्तै गरी वडा नं २ थापाठामा आठ जना बसाइँसरी आएका छन् भने ३५ जना बसाइसराइ गरी गएका छन् । यस्तै वडा नं ३ शंकरपोखरीमा तीन जना बसाइसराइ गरी आएका छन् भने ४८ जना बसाइसराइ गरी गएको नगरपालिकाका तथ्यांक रहेको छ । 

फलेवास–४ मुडिकुवाबाट बसाइसराइ जानेको सङ्ख्या २९ छ । फलेवास –५ खानीगाउँमा यसरी जानेको सङ्ख्या २९ रहेको छ भने फलेवास –६ देवीस्थानमा १७ जना बसाइँसरी आएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए। उक्त वडाबाट ५३ जना बसाइँसरी गएका छन् । फलेवास –७ लिमीठानामा १८ जना बसाइसराइ गरी आएका छन् भने ४९ जना गएका छन् । फलेवास –८ ठानमौलामा ३३ जना बसाइसराइ गरी गएका छन् । फलेवास –९ भङ्गरामा दुई जना बसाइँ आएका छन् भने ५२ जना बसाइसराइ गएका छन् । त्यसैगरी, फलेवास –१० कुर्घामा चार जना बसाइसराइ गरी आएका छन् भने ५० जना बसाइँ सरेर अन्यत्र गएका छन् । फलेवास –११ पाङ्गराङमा सात जना बसाइसराइ आएका छन् भने ७१ जना बसाइसराइ गरी गएका छन् । 

नगरका पञ्जीकाधिकारी ऋषिराम शर्माका अनुसार यो वर्षमात्र एक सय ५३ घरपरिवार नगरपालिकाबाट बसाइँसराइको प्रमाणपत्र लिएर सरेको जानकारी दिए । उनका अनुसार बसाइँसरेर पोखरा, काठमाडौँ, चितवन, बुटवललगायत स्थानमा जाने गरेका छन् ।

बसाइसराइ दर बढ्नुमा नगरमा रोजगारीको अवसर नहुनु पहिलो कारण रहेको उनको दाबी छ । चौबीस हजार ६७८ जनसङ्ख्या भएको नगरपालिकाबाट बर्सेनि बसाइँसराइको दर बढ्दै गएको शर्माको भनाइ छ । सदरमुकामपछिको दोस्रो नगरपालिका रहेको फलेवासमा दोस्रो कार्यकालको तेस्रो वर्षमा बसाइँसराइको दर बढी देखिएको नगरपालिकाले जनाएको छ ।

 गाउँगाउँमा सिंहदरवार आएर विकास निर्माणका काम धमाधम बढ्दै गए पनि बस्ती रित्तिँदै जानु दु:खद् पक्ष भएको स्थानीयवासी विकास लम्सालले बताए। उनले स्थानीय सरकारले रोजगारीको सृजना र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरी गाउँमै बस्ने र कमाउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।