२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिदका सपना पूरा गर्न उनीहरूले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ : सभापति थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । 

सहिद दिवसका अवसरमा उनीहरूको अदम्य साहस, संकल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै उनले सहिदहरुले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रताको युगमा श्वास फेर्न पाइरहेका बताएका छन् । 

सभापति थापाले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेन जेड’ विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा भएका समस्त आन्दोलन र संघर्षहरुमा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने उल्लेख गर्दै उनले वीर सहिदहरुले देखाएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु सबैको दायित्व भएको बताएका छन् । 

सभापति थापाले काँग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्मित ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’मा लिपिबद्ध जनअधिकारलाई प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन गर्नुपर्ने उल्लेख गरेका छन् । साथै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।