२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रकाश सपुतले गृह जिल्लाबाट थाले चुनावी यात्रा

अ+ अ-

काठमाडौँ । कलाकार प्रकाश सपुत आज शनिबार फरक शैलीमा गृह जिल्ला पुगेका छन् । विगतमा मेला महोत्सवको मौका पारेर गृह जिल्ला आउने गरेका प्रकाश यसपटक भने चुनावका लागि भोट माग्न पुगेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार रहेका सपुतले आफ्नै निर्वाचन क्षेत्रबाट चुनावी अभियान सुरु गरेका छन् ।

गृह जिल्ला बागलुङको प्रसिद्ध धार्मिक स्थल पञ्चकोट धाममा रहेको ५ हजार ५ सय ५५ किलोको महाघण्ट अघि बालेन स्टाइलमा कालो पोसाक लगाएको तस्बिर सार्वजनिक गरेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा जन्मेका प्रकाश पहिलो पटक राजनीतिक यात्राका लागि बागलुङ पुगेका हुन् ।

बागलुङ क्षेत्र नम्बर एकका रास्वपाका प्रत्यक्ष उम्मेदवार सुशील खड्कालाई भोट माग्दै पश्चिम बागलुङको दुई नम्बर क्षेत्रमा पुग्ने सपुतले बताएका छन् ।

उनले बझाङ र अछाममा आफू खटिएको जानकारी दिँदै गृह जिल्लाबाट आवश्यकता अनुसार अन्य जिल्लामा पनि जाने योजना सुनाएका छन् ।