२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेगेटिभिटीको अल्गोरिदममा फसेको समाज : सुधार कि उग्र परिवर्तन ?

अ+ अ-

जेन जेड आन्दोलनकी अभियन्ता सुरुची बुढाथोकीले कलकलाउँदो उमेरमा व्यवसाय रोजिन्। उनले लगानी, समर्पण र श्रमलाई सर्वोच्च मानी दौडिँदा व्यवसाय र उद्यमशिलताले उनलाई समाज, अर्थतन्त्र, कानुनी जटिलता, झन्झटिलो प्रशासन चिनायो। आफूले भोगेको असहजता ठ्याक्कै जेन जेड आन्दोलनका मागहरुसँग मेल खाए र सुशासन र भ्रष्टचार विरुद्धको नारा लगाउँदै उनी भदौ २३ गते अग्रपङ्तीमा उभिइन्। यतिन्जेल उनी युवापुस्तामा सर्वप्रिय बनिन्। समयक्रमसँगै चुनावी नारा, जेन जेड आन्दोलन भित्र लुकेको यथार्थ, आफूले आदर्श मानेका युवा नेतृत्वको अनुत्तरदायी प्रवृत्तीमाथि आजित भएर तुलनात्मक रुपमा भिजन बोकेको नेता त गगन थापा रहेछन् भनेर एउटा भिडियो क्लिप बनाए पश्चात उनी आक्रमणको शिकार बनिन्। अश्लिल गाली, उनको तीनपुस्ते फेहरिस्त, पारिवारिक अवस्था, परिवारले बोकेको राजनीतिक आस्था छताछुल्ल पारियो; भनौँ आत्मसम्मान, गोपनीयता र बिचारलाई नङ्ग्याइयो।

पत्रकार टिकाराम यात्रीले चुनावी माहोल तातिरहँदा प्रधानमन्त्रीका लागि सम्भावित उमेद्वारहरुमाथि सार्वजनिक डिबेटको प्रस्ताव गरे। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरी फेसबुक मार्फत आफू तयार भएको बताउनु भयो। गगन थापाले कुनै प्रतिक्रिया दिनु भएन भने बालेनले केपी ओलीको स्टेटमेन्टमा टिप्पणी गर्दै अस्वीकार गर्नु भयो। यो त फगत राजनीतिक प्रस्ताव, विचार र वहसको मुद्दा थियो तर पत्रकार टिकाराम यात्री माथि डिजिटल आक्रमण शुरु भयो। गाली, धम्की, अश्लिलता, जनावरका नाम, झोले, घण्टे र टाउँकेको उपमाले वहाँलाई खेदियो।

परिवर्तनको लहर चलिरहँदा लोकप्रियता माथि प्रश्न उठाउनै नमिल्ने, वा भनौँ आफ्नो राजनीतिक आस्था र धारणा व्यक्त गर्नै नहुने समाज बनिरहेको अवस्थालाई नकार्न सकिँदैन। यस अवस्थामा नेपाली समाज अत्यन्तै घातक, जटिल र विमार अवस्थामा देखिएको छ। पछिल्ला दिनहरुमा कङ्ग्रेस भित्रको उथलपुथलले जन्माएको गगन थापाको भिजन, भाषण र एजेण्डा सुन्न लाएक छन्। भक्तपुरको कुनाबाट सामाजिक सञ्जालमा छाईरहेका राजनीतिले खारिएका महेश बस्नेतले बनाएका संरचना, बिकासको मोडल, राधे-राधेको आधुनिक विकास र गुण्डु क्षेत्रको हरियाली युक्त ग्रामिण र आधुनिकताको मिश्रित परिवेशलाई आधार बनाएर उन्नत शहर निर्माणको परिकल्पनाको विन्दुको रुपमा चित्रण गर्न सकिन्छ। उता मध्य भागमा उदाएकी जनयुद्दकी चेली रेणुले विकासका लागि गरेको त्याग, समर्पण र समन्वय गौरवको विषय बनेको छ।

काठमाण्डौंबाट परिवर्तनको विगुल फुकिरहेका उदयिमान शिशिर खनालको सालिनता र लवज त नेतृत्वको अर्को गुण हो भने राजनीतिक दल नसमाए पनि स्वतन्त्र राजनीतिबाट उम्रेका पश्चिमका नक्षत्र गोपी हमाल राजनीतिलाई समाज सेवा बनाएका उदाहरणिय पात्र हुन। राजनीतिक आस्था, विविधता, विधि प्रक्रिया, चुनाव त लोकतन्त्रका आयामहरु हुन्। लोकतन्त्रलाई संस्थागत गरिरहँदा नेपाली समाजको भड्किलो मानसिकता, गाली, अश्लिलता, अराजकता, आगो र खरानीको विउ कसले रोपिरहेको छ ? समाज र युवापुस्तामा अराजकता, विशाक्तता र वितृष्णाको भुस कसले सल्काईरहेको छ ? अवको एजेण्डा यसलाई पनि बनाउने हो कि ?

नेगेटिभिटीको अल्गोरिदमले समाज भुङ्गग्रोमा परेको अवस्थामा सञ्जालमा वहुचर्चित कविज्यू हुनुहुन्छ। वहाँका दैनिक दर्जनौँ सिर्जनाका शब्दले मुटुमा लाग्छ, तर वहाँका सिर्जनामा आशा ज्योती र रड्ड हराएको वर्षौँ भयो। ताजुव त त्यहाँ लाग्छ कि सर्जकका सिर्जनामा मिठासका भाका हैन स्किजोफ्रेनिया का लक्षणहरु देखा पर्न थालेका छन्। एकजना २२/२३ वर्षकी, मध्यम आयस्तर देखिने, विदेशी भूमीमा रहेकी चेलीले कुनै एकजना नेताको भाषणको आवाजलाई व्याकग्राउण्ड म्युजिक राख्दै आफ्नो रिस र फ्रस्टेसन पोखेर प्रस्तुत गरेको अश्लिल नृत्यले नेपाली समाज शिक्षामा कमी होइन, चेतनामा निकै पछाडी रहेको सङ्केत गर्छ। अझ उसको नृत्यलाई कपी गर्दै नृत्य प्रस्तुत गर्ने ट्रेन्ड चलाइन्छ; त्यसमा मजा र आनन्द लिइन्छ। वाहवाही गरिन्छ। त्यसको खिलाफ एउटा तथ्य, एजेण्डा, तर्क र विकासका सूचक पोष्ट गरियो भने शुरु हुन्छ गाली, अश्लिलता र ममामिमिमुमुमे…. तछाडमछाड; पेशा, पारिवारिक अवस्था खोजेर अगाडी ल्याईहाल्ने अनि चरित्र हत्या गरिहाल्ने, त्रास र धम्की वर्षाई हाल्ने; तत्पश्चात अर्को पटक विचार राख्न दशौँ पटक सोच्नु पर्ने हुन्छ। यसले नेपाली समाज, समाजको सहिष्णुता, विचार वहस कहाँ कस्तो छ भन्ने कुरालाई छताछुल्ल पारेको छ।

नेपालमा एउटा नियोजित रोग फैलाईएको छ -मास सायकोजेनिक इलनेस (एमपिआई) वा बोलीचालीको भाषामा मास फ्रस्टेसन। अथवा व्याख्या गर्दा: नेपालमा केही पनि सम्भावना छैन? केही पनि विकास भएको छैन? अवसरहरु नै छैनन्, आदि। अव नविल वैंकका सि.इ.यो. मनोज ज्ञवाली (सि.ए) सरले एउटा आर्थिक अवस्था झल्काउने इन्डेक्स प्रस्तुत गर्नु भएको छ, जसमा २०४७ सालको प्रजातन्त्र पश्चात मुलुकमा आएको सुधारको झिल्कोलाई हेर्दा सबभन्दा महत्वपूर्ण नेपालीको औषत आयु ५४ वर्षबाट बढेर आज ७३ वर्षमा पुगेको छ। हामीले विकसित मानेको देश कोरियाको औषत आयु ८३ वर्ष मात्र छ भने हामी अव एक दशक भित्रमा कोरियाको छेउ पुग्न सक्छौँ। आर्थिक आकडालाई केलाउँदा हाम्रो बजेट २० अर्बबाट बढेर २० खर्ब पुगेका छौँ। बालमृत्युदर प्रतिहजारमा ९७ बाट झरेर १६ मा छौँ। साक्षरता दर ३९.६ प्रतिशतबाट बढेर ७६.२ प्रतिशतमा छौँ। बिकासको मानक सडक सञ्जालमा हामी ८८५१ कि.मि.बाट ३४२७२ कि.मि. पुगेका छौँ।

अव विशेषत महिलाको सामाजिक अवस्थालाई चित्रण गर्दा हामी हुर्किरहेको समाजमा वहुविवाह, घरेलु हिंसा, महिलाको आर्थिक अधिकार र महिलासँग जोडिएका कानुन कस्ता थिए। हामीले दाईले भाउजु कुटेको, काकाले बाहिरी महिलासँग सम्बन्ध राखेर घरबार विचल्ली बनाएर काकी निरअंशी भएको, बालिकाहरु माथि भएको शिक्षाको विभेद, ज्यालामजदुरीमा महिला माथि हुने आर्थिक विभेदलाई चित्रण गर्दा अनुभुती हुने गरी नै सुधार देखिएका छन्। हामीले भोगिरहेको जीवन शैली, हाम्रा लवज, प्रयोग गरिरहेका साधन, सपिङमल, रेष्टुरेन्ट आदि मा देखिएका उपलब्धी अन्देखा नगरौँ। यी सुधारहरु पर्याप्त होइन्न्। हामी सन्तुष्ट हुनु हुँदैन, हुनु पर्ने धेरै वाँकी छ; तर फैलिएको महामारी मास सायकोजेनिक इलनेस (एमपिआई) को जवाफका कसीहरु भने माथिका तथ्यहरु हुन् नै।

हामीमा आएको यो फ्रस्टेसन वा दिक्कादारीलाई सत्तामा पुग्ने बाटो, आफ्नो भाडो भर्ने अवसर नबनाईयोस। हामीले रोज्ने सुधार हो। हामीले साथ दिने योग्यलाई हो। हाम्रो मत विधि प्रक्रिया, भिजन, एजेण्डा, विकास र समन्वयलाई रहोस; ताकी परिवर्तनको नाउँमा मुलुक दशकौँ-दशकौँ सम्म राजनीतिक खिचातानी, संवैधानिक जटिलता, नेतृत्व परिवर्तन, सत्ताको बागडोरमा अल्झेर एसटिइएम (साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, म्याथम्याटिक्स) मा सधैँ पछाडी र इनोभेसनमा उम्रिनै नसकिने विउ हराएको बिरुवा नबनियोस।

पत्रकार जीवन क्षेत्रीले व्याख्या गर्नु भएको नाजिवाद र फासिस्ट पनि चर्चा गरौँ। हिटलरले यहुदीहरुलाई केन्द्रविन्दुमा राखेर राष्ट्र प्रेमको नारामा दिएको आदर्शको भाषणले पब्लिकमा ल्याएको यहुदी प्रतिको घृणा कतै हाम्रो समाजमा भित्रिँदै त छैन।हिटलरको राष्ट्रप्रेममा खोट थिएन होला, तर यहुदी विरुद्धको घृणा र तत्पश्चातको नरसंहारलाई जयजयकार गरी संस्थागत गर्नु उपयुक्त होला त ? आज विश्व ईतिहासलाई फर्केर हेर्दा शान्ति, विकास र मानवमुल्यका लागि हिटलरको राष्ट्रप्रेम कति घातक थियो भनेर अध्ययन र समीक्षा गरौँ, आफैसँग।

ज्यानमारा, आतङ्ककारी, वा नरपिशाचका आरोप, नाराहरु र अपराधको विगुल फुकिरहँदा भाद्र २३ गते सुशासन र भ्रष्टचार विरुद्धका आवाजहरु माथि गोली लाग्यो; कलिला बालबालिकाहरुको सास गयो; नवयुवाहरुको कलकलाउँदो शरीर घाईते भयो; उमेर र मानसिकतामा आएको स्वभाविक आवेग र आक्रोश अपराध र आतङ्कमा बदलियो।। नवयुवाहरुको ज्यान, शरीर र आन्दोलनको मोडालिटी नै कसैले हाइज्याक र ओभरटेक गर्यो। यो अवस्थाका शहिद र घाईतेप्रति श्रद्दासुमन र उच्च सम्मान राख्दैगर्दा डा. युवराज सङ्ग्रौलाको विज्ञतालाई जोडौँ-संसद भवन लोकतन्त्रको प्रतिनिधी हो; जब संसद भवनमा केमिकल प्रयोग गरेर आगो लगाईन्छ भने नेपालले मात्र होइन, विश्वको जुनसुकै देशको कानुनले पनि गोली चलाउने आदेश दिन्छ। भवन र संरचना त ढलेको हो नि बनिहाल्छ, मान्छेको ज्यान हो र फर्केर नआउने ? भनेर भावना बेचिरहँदा अर्को भयानक तथ्य विर्सन हुँदैन-देशको धरोहर सिंहदरवार, सर्वोच्च अदालत र संसद भवन कसैको घर होइन; बनेका सार्वजनिक संरचना र धरोहरहरु जलिरहँदा २००७ साल पछी मन्त्रिपरिषदका सम्पूर्ण निर्णय जलेका हुन्। दरवार जलेको मात्र होइन, देशको सार्वभौमिकता, सिमाना, करडौँ शहिदका योगदान, देश हुनुको पहिचान जलेको हो; भौतिक विकासका मानकहरु जलेका हुन्। पत्रकार डा. भिमार्जुन आर्चायको भाषामा देशको पहिचान, विकास र उपलब्धी, देश हुनुको परिचय जलेको हो। वहाँकै शब्दमा देशको पहिचान भन्दा व्यक्तिको ज्यान ठुलो होइन।

प्रजातन्त्र स्थापना, गणतन्तान्त्रिक व्यवस्था वा भनौँ अघिल्ला सरकारहरुमा सबै राम्रा काम मात्र भएका हुन् त अथवा नराम्रो मात्रै भएका हुन् त भनेर प्रश्न उठिरहँदा कानुनी शासन र सुशासनका प्रश्नहरुलाई जवाफहिन बनाउन मिल्दैन। पूर्व प्रधानमन्त्री के.पी शर्मा ओलीले गरेको संसद विघठनको विषयलाई संसद पुनस्थापना गरेको घटना, लोकप्रिय नेता रवि लामिछानेमाथि सरकारले दायर गरेको अभियोग र कैलाश सिरोहियाको नागरिकता विवाद, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सांसद राजेन्द्र लिङदेन सहितको विज्ञ टोलीले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा दायर भएको भ्रष्टचार मुद्दा, भुटानी शरणार्थी काण्डलाई मिहिन अध्ययन गर्यौँ भने कानुनी शासनको शुरुवात भेटाउने छौँ। मन्त्री, सचिव सहितका उच्च पदस्थहरु आजपनि थुनामै छन्। मिडियामा काण्डै काण्ड, भ्रष्टचार र नेपोवेवीको ट्रेन्ड चलिरहँदा अनुसन्धानबाट कोही पनि व्यक्ति टाढा रहन नसक्ने; अनुसन्धान र आरोप लाग्दैमा त्यो व्यक्ति दोषी नै ठहरिने हुँदैन। मिडियाले कुनै पनि व्यक्तिलाई दोषी करार गर्न सक्दैन। तर आजको नेपाली समाज मिडियाले समाचार छापेको भरमा व्यक्तिलाई दोषी बनाउँछ, प्रतिवेदन र रिपोर्टका आधारमा आरोप पुष्टि गर्छ र व्यक्तिको चरित्र उदाङ्गो बनाउँछ। कोही पनि आरोपी आरोपको भरमा थुनामा जाने र थुनामा जाने वित्तिकै सर्वसाधारणले वाही–वाही गर्ने; थुनामुक्त हुने वित्तिकै गाली, घुसपैठ र न्यायाधीसको असक्षमता भई हाल्दैन। मिसिलमा देखिएको तथ्य, आपराधिक क्रियाकलाप र व्यक्तिको कानुनी अधिकारले पनि न्याय निर्धारण हुने गर्दछ। यहाँ सर्वोच्चका फैसला र अन्तिम व्याख्या कसले पर्खिरहने ?

परिवर्तनको नारामा संगीत भरिरहँदा प्रकाश सपुतको “कुरा बुझ्न पर्छ” भन्ने लोकप्रिय गीतले समाजमा छोरीको स्थान वदल्ने परिवर्तनको विगुल फुकेकै थियो। तर उनले संगीत छोडेर सदन रोज्न पुगे; परिवर्तन नै गर्न एक होनाहार पत्रकारले नेता, कर्मचारी, सैनिक, प्रहरी, व्यापारीलाई प्रश्नको रागले खर्याउन किन सकेनन्, र आफू विनाको सदन उनलाई अधुरो लाग्यो र पत्रकारितालाई नै तिलाञ्जली दिनु पर्ने बाध्यता आईपर्यो ? आफ्नो विज्ञतालाई आफ्नै क्षेत्रमा बिकाउनु परिवर्तनको पाइला हुनुपर्ने होइन र ? जसले पहुँचको लाभ दशकौँ वर्ष लिईरह्यो, आज कुनै निर्णय आफ्नो रोजाईमा नआउने वित्तिकै उसले सदाचारिताको सवाल उठाउन मिल्छ ? जसले बिसौँ वर्ष विचौलियाको काम गरिरह्यौँ, अवसर नै अवसरको फुलबारीमा डुल्न पायो ? आज उसले सुशासनको नारामा आफूलाई अग्रभागमा राखी अर्कोलाई चोर औँला उठाई जनता झुक्याउन पाउँछ ? आफ्नो स्वभाव, रोजाई र ग्लोबल ट्रेन्डलाई पछ्याउँदै लक्जरीमा रमाईरहेको व्यक्तिले अवसर पाईन भन्दै विदेशबाट आफ्नो दिक्दारी मातृभूमिमाथि पोख्न मिल्छ ? प्रधानन्यायाधीश, प्रधानमन्त्री, सभासद लगायत उच्च पदस्थ धनाङ्य घराना कुन अवसरविहिनता र बाध्यताले विदेशिएका हुन? कुट्ने, मार्ने, झुण्याउने, सिध्याउने कस्ता शब्द प्रयोग भईरहेका छन् हाम्रो राजनीतिमा र नेतृत्वमा ? यथार्थमा समाजमा यस्ता व्यक्ति पनि छन्, जसले श्रमलाई कर्म ठान्छन्, मेहेनतलाई विज्ञता मान्छन् अनि सन्तुष्टिको सिरानीमा निदाउँछन्।

परिवर्तनको शंखनाद भईरहँदा घर, व्यक्ति, परिवार, समाज वा राष्ट्रको सवालमा जग सहित बनेको संरचना पुरै भत्काउने र नयाँ अभ्यास शुरु गर्ने कि बनेको संरचनालाई मर्मत-सुधार मोडुलर बनाउँदै लैजाने, समृद्द समाजका लागि परिवर्तनको नारा, उमेर र किनिएको लोकप्रियता रोज्ने कि योग्यता, योजना, समन्वय र सामुहिक कार्य र स्वीकार्यता रोज्ने; तपाईं-हाम्रै सोच र मतपत्रले निर्धारण गर्ने नै छ। चुनावी अभियान, घरदैलो कार्यक्रम वा सामाजिक सञ्जालमा ताता गाली वर्षिरहँदा सुधार्नु पर्ने कर्मचारी तन्त्र, न्यायालय भित्रको वेथिती, नागरिकको सुरक्षित आवास, भैपरी आउने प्राकृतिक विपत्ती, सार्वजनिक यातायात, मजदुर व्यवस्थापन, रोजगारीका क्षेत्र, सामाजिक सुरक्षा र नैतिक शिक्षा जस्ता विषयमा सवाल-जवाफ गरौँ।

प्रत्येक नागरिक यी मुद्दाहरुमा जानकार भयो भने मात्र राजनीतिक दृष्टिकोणमा परिपक्वता आउँछ। अन्यथा एकजना नायिकाले समानुपातिकको दलित क्लष्टर भित्र रहेको पहिलो नम्बरको आफ्नो नाम जोगाउन विउ रोपिदिने मालीलाई दिएको धोका जस्तै रहिरहन्छ हाम्रो राजनीति। अन्तत यो राजनीति हो; भोली सदनमा आईसकेपछी सरकार बनाउन दुईवटा दल मिल्नै पर्ने अवस्था आउन सक्छ। त्यसैले आज समाजमा उनीएको मालालाई गाली, धम्की र असभ्यताको खोलले नढाकौँ। राजनीतिमा भावना होईन, विवेक प्रयोग गरौँ। भाषष होइन, एजेण्डा रोजौँ। सबैलाई स्वीकार्ने राजनीतिक संस्कार अघि सारौँ। प्रशस्त थिएन, यति नै पुग्ने होइन, हुन र गर्न वाँकी धेरै छ; एकरातमा मुलुक विसौँ खर्बको क्षतिमा गयो, अव सुधारको झिल्कोलाई बल्न दिऔँ।