काठमाडौँ । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसामु प्रभावशाली बलिङ प्रदर्शन गर्दै १०२ रनमै सीमित गरेको छ।
निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको हो। अब नेपालले जितका लागि १०३ रन बनाउनुपर्नेछ।
अफगानिस्तानका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले समान ३० रन बनाए। नान्गेलिया खान १७ रनमा अविजित रहे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
नेपालका लागि कुशल भुर्तेलले चार विकेट लिए भने ललित राजवंशीले तीन विकेट झारे। नेपाली बलरको प्रभावकारी प्रदर्शनका कारण अफगानिस्तान ठूलो योगफल बनाउनबाट रोकिएको हो।
नेपालले १०३ रनको लक्ष्य पछ्याइरहेको छ ।






