काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक ०.३७ अंकले घटेर २६८१.१३ विन्दुमा कायम भएको हो।
प्रि-ओपन सेसनमा ५० वटा स्क्रिप्सको ४६ हजार २९६ कित्ता सेयर २ करोड २१ लाख ६६ हजार २५४ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये १८ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ। बाँकी ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







