काठमाडौँ । लोक सेवा आयोगले लिएको सहसचिव पदको लिखित परीक्षामा एक जना पनि उम्मेदवार उत्तीर्ण भएका छैनन् ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६५८/०८२-८३ (दलित), न्याय सेवा, सरकारी वकिल समूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका लागि लिइएको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको लोक सेवा आयोगले जनाएको छ।








