२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरको रामप्रसादराई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै

अ+ अ-

टक्सार (भोजपुर) । भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ । पालिकाले साकेला सिली संरक्षणका लागि प्रशिक्षण नै दिन सुरु गरेको छ । 

रैथाने ज्ञान महोत्सव २०८२ को अवसरमा पालिकाले साकेला सिली प्रशिक्षण सुरु गरेको हो । किरात जातिको सांस्कृतिक नृत्यकारूपमा हेरिएको साकेला सिली नाचिए पनि पछिल्ला समय यसको सांस्कृतिक पक्ष बारे जानकारी हुन छाडेकोले सैद्धान्तिक र प्रयोगात्मकरूपमा सिली प्रशिक्षण गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। 

आगामी माघ २६ गतेसम्म आवाससहितको व्यवस्था गरिएको प्रशिक्षणमा अधेता शालिक सतासक राई, संरक्षक राई, अर्जुन राई र मानबहादुर राईले सहजीकरण गरी रहेका छन् । साकेला सिली प्रशिक्षणमा ३० जनाको सहभागिता रहेको छ । 

पालिकाभित्रका हरेक जातजातिका संस्कृति र रैथाने ज्ञानलाई प्रवर्द्धन गर्नु स्थानीय सरकारको दायित्व रहेकाले रैथाने ज्ञान महोत्सवको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिए। सोही अवसरमा भइरहेको साकेला सिली प्रशिक्षणले यसको संरक्षणमा थप मद्दत गर्ने उनले बताए । 

यता २६ गते हुने बृहत् रैथाने महोत्सवको पनि तयारी थालिएको छ । सो अन्तर्गत विभिन्न तीन शीर्षकमा प्यानल डिस्कोर्सको आयोजना गरिएको छ । 

पर्यटनमा रैथाने स्वाद र स्वामित्व विषयमा पाविहाङ राई, सचिन डाँगी, दिलकुमार खालिङ, र सम्पदा लिम्बुले बहस गर्ने छन् । त्यस्तै शिक्षामा स्वदेशी सपना शीर्षकमा रजत राई, सूर्य राई, निर्माण किराती र भूमिका पाख्रीनले बहस गर्ने छन् । त्यस्तै लोक रिझाइको राजनीति शीर्षकमा राजन समीप, यजस्वी राई, रिझन रानामगर र प्रकाश राईले बहस गर्नु हुने आयोजकले जानकारी दिएको छ । पालिकाको आर्थिक सहयोगमा महोत्सव हुने छ । 

तेस्रो सृङ्खलाकारूपमा आयोजना गरिएको यस कार्यक्रममा यसभन्दा अघि खगेन्द्र सङ्ग्रोला, युग पाठक, कैलाश राई, अनुभव अजित, भोगीराज चाम्लिङ, दिपक सापकोटा, भूपाल राई, राजन मुकारुङ, कविता राई, हरि रोका, खिनु लुङ्वा, चन्द्र हतुवाली, नुनुता राई, सिता थुलुङ गणेशकुमार राई, सुदन किराती, अशोक राई, प्रेमकुमार राईलगायतले बहसमा सहभागी भइसक्नु भएको छ । 

यसअघिका वर्षमा आमचोक र गत वर्ष रामप्रसाद राई गाउँपालिकामा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक राजन समीपले जानकारी दिए।