काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक आज सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.३० अंकले घटेर २६७१.०८ विन्दुमा अडिएको हो।
५९ स्क्रिप्सको २४ हजार ३१६ कित्ता सेयर ७४ लाख ५ हजार ८६७ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये १९ वटा स्टक्सको मूल्य बढ्दा ३४ वटाको घटेको छ । बाँकी ३ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ।







