२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिवको द्वितीय र तृतीय चरणको परीक्षाका लागि उपस्थित हुन आयोगको अनुरोध (सूचनासहित)

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको द्वितीय र तृतीय चरणको परीक्षामा छनौट भएका उम्मेदवारलाई मामिला तयारी र प्रस्तुतीकरणका लागि उपस्थित हुन अनुरोध गरेको छ।

आयोगको केन्द्रीय कार्यालयले आज सूचना जारी गर्दै यही माघ २२ गते न्याय–कानुन, न्याय–सरकारी वकिल, प्रशासन सेवा, लेखा परीक्षण, संघीय संसद सेवा तथा रा.प. प्रथम श्रेणी, सहसचिव पदमा उत्तीर्ण भएका उम्मेदवारहरूलाई मामिला तयारी र प्रस्तुतीकरणको संशोधित सूचना जारी गरी मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि उपस्थित हुन अनुरोध गरेको हो ।

छनौट भएका उम्मेदवारले पासपोर्ट साइजका दुई प्रति फोटो, आवश्यक न्यूनतम योग्यता पुष्टि हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू, साथै दरखास्त फारामको प्रथम र द्वितीय पाना दुई–दुई प्रति भरी यो सूचना प्रकाशन भएको मितिले सात दिनभित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा बुझाउनुपर्नेछ। उक्त प्रमाणपत्रहरूको प्रतिलिपि उम्मेदवार आफैँले प्रमाणित गरी रुजु गराउनुपर्ने आयोगले जनाएको छ।

आवश्यक न्यूनतम योग्यता तथा अन्य कागजातका प्रमाणपत्र पेस नगरेमा जुनसुकै समयमा दरखास्त रद्द हुन सक्ने आयोगले जनाएको छ। साथै, मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताका दिन उम्मेदवारले सक्कल कागजात र प्रवेश पत्र साथमा लिएर कम्तीमा एक घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ।

मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताको दिन सार्वजनिक बिदा परे पनि कार्यक्रम यथावत् सञ्चालन हुने आयोगले जनाएको छ।