२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

अ+ अ-

घोराही (दाङ) । यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो । दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । जिल्लाबाट तोरीको तेलको माग अन्यत्र जिल्लामा धेरै रहेको उनको भनाइ छ ।

यहाँको तोरीको माग काठमाडौँ, पोखरा, चितवन, नेपालगन्जलगायत जिल्लामा धेरै रहेको उनले बताए । “पहिलेदेखि नै दाङको तोरीको माग बाहिरी जिल्लाबाट धेरै हुने गरेको छ”, प्रमुख भण्डारीले भने । सहज रूपमा बिक्री भएमा किसानको आकर्षण बढ्दै जाने उनको भनाइ छ । “उत्पादन भएको तोरी कुनै पनि किसानलाई बजारको समयस्या नभएकाले पनि किसानको सङ्ख्या तथा क्षेत्रफल बढेको हो”, उनले भने ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वन एकाइ दाङका तोरी जोनअनुसार क्षेत्रफलसँगै उत्पादन वृद्धि भएको हो । आर्थिक वर्ष २०७९/८० मा तोरी जोनअन्तर्गतको क्षेत्रमा एक हजार २०० हेक्टरमा खेती गरिएको थियो । जसमा एक हजार ९३२ मेट्रिक टन तोरी उत्पादन भएको तोरी जोनका प्रास सूर्यज्योति केसीले जानकारी दिए । आव २०८०/८१ मा एक हजार २०० हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार चार मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

आव २०८१/८२ मा एक हजार २४२ हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार १२३।८२ मेट्रिक टन उत्पादन भएको हो । आव २०८२/८३ मा एक हजार २७८.०२ हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार १९८.१९ मेट्रिक टन उत्पादन भएको छ । प्रतिहेक्टर १.७२ उत्पादकत्व रहेको छ । तोरी जोनले किसानलाई प्राविधिक, बीउ तथा प्रविधिमा सहयोग गर्दै आएको परियोजनाका प्रास केसीले बताए । तोरी जोन पश्चिम क्षेत्रको दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाको केही वडामा सञ्चालनमा रहेको छ । तोरीखेती गर्ने किसानले क्षेत्रफलसमेत विस्तार गर्दै गएका छन् ।

किसानले प्रतिक्विन्टल रु १४ हजारमा तोरी बिक्री गरेको बताएका छन् । पश्चिम क्षेत्रमा उन्नत जातका तोरीखेती गर्दै आएको केसीले बताए । किसानलाई तोरी जोनले बीउमा ५० प्रतिशत अनुदान, प्राविधिक सहयोग तथा प्रविधिमासमेत अनुदान दिँदै आएको छ ।

तोरीखेती छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।