काठमाडौँ । विशेष अदालतले विकल पौडेलविरुद्ध दायर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा आवश्यक प्रमाण कागजात झिकाउन आदेश दिएको छ।
मंगलबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सम्बन्धित प्रमाण उपलब्ध गराउन निर्देशन दिएको हो।
आयोगले पौडेलमाथि ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहित मुद्दा दायर गरेको थियो। सम्पत्ति जफतको प्रयोजनका लागि उनकी पत्नी एलिना बस्नेत, पिता धर्मप्रसाद पौडेल र आमा शीतल पौडेललाई पनि प्रतिवादी बनाइएको छ।
पौडेल यसअघि सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकका साथै राष्ट्रिय सूचना प्रविधि केन्द्रमा इन्जिनियरको रूपमा समेत कार्यरत थिए। आयोगको दाबी अनुसार उनले आपूर्तिकर्ताबाट प्राप्त कमिसन रकम परिवारका सदस्य तथा अन्य व्यक्तिहरूको नाममा प्रयोग गरी सम्पत्ति व्यवस्थापन गरेको आरोप छ।







