काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको प्रथम पत्रको नतिजा सार्वजनिक गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले प्रथम पत्रको नतिजा सार्वजनिक गरेको जनाएको हो ।
मिति २०८२।१०।२४ मा सञ्चालन गरेको एकीकृत परीक्षा अन्तर्गत राजपत्रांकीत तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी २३४८८ जना उम्मेदवारमध्ये ७ हजार ९ सय ८ उम्मेदवारहरू द्वितीय चरणको परीक्षाका लागि छनौट भएका छन्।
आयोगले छनोट भएका उम्मेदवारहरूको रोल नम्बर तथा नाम, थर सार्वजनिक गरेको छ। तीन जनाको परीक्षा रद्ध गरिएको छ ।







