काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले दलहरूमा देखिएको दोहोरो चरित्रका कारण केही स्टन्टबाजी र पपुलिस्टहरूले परिस्थितिको फाइदा लिन थालेको बताएका छन् ।
आज आफ्नो निर्वाचन क्षेत्र झापा-५ का मतदाता सामु प्रतिबद्धता सार्वजनिक गर्दै उनले स्टन्टबाजी र पपुलिस्टको कुनै दर्शन नीति कार्यक्रम नभई केवल चर्का देखावटी नारा मात्र हुने उल्लेख गरेका छन् ।
चर्का नाराले सर्वसाधारणमा केही भ्रम पार्ने गरेको साथै सामाजिक सञ्जाल र विद्युतीय सञ्चारले गलत र तथ्यहीन कुरा प्रसारण गर्दा केही मानिसका दिमागमा भ्रम पार्न सफल भएको ओलीको भनाइ छ ।
एआईको नियमनमा कानुनको अभावमा व्यापक दुरुपयोग भएको र त्यस्ता कुरा अनियन्त्रित हुँदा कतिपयलाई भ्रमित बनाइएको ओलीले उल्लेख गरेका छन् ।







