२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसइई उपलब्धि अभिवृद्धि लक्ष्य गर्दै महानगरले विशेष सहायक कक्षा सञ्चालनमा ल्यायो

अ+ अ-

काठमाडौँ । सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा सुधार ल्याउने उद्देश्यसहित काठमाडौँ महानगरपालिका ले लक्षित सहायक कक्षा कार्यक्रम सुरु गरेको छ। महानगरको शिक्षा विभागले प्रारम्भिक चरणमा छ विद्यालयमा कक्षा सञ्चालनमा ल्याएको जनाएको छ।

गत वर्षको एसइई परीक्षामा ५० प्रतिशतभन्दा कम उत्तीर्ण दर भएका ११ विद्यालयलाई समेट्ने योजनाअनुसार पहिलो चरणमा धेरै विद्यार्थी अध्ययनरत विद्यालयहरू छनोट गरी कार्यक्रम अघि बढाइएको विभागले जानकारी दिएको छ। शिक्षा विभाग प्रमुख नमराज ढकाल का अनुसार पहिलो चरणमा गीतामाता माध्यमिक विद्यालय, कोटेश्वर सरस्वती माध्यमिक विद्यालय, जुद्धोदय माध्यमिक विद्यालय, पद्मकन्या माध्यमिक विद्यालय, परोपकार माध्यमिक विद्यालय तथा गुहेश्वरी बालशिक्षा माध्यमिक विद्यालय मा कक्षा सञ्चालन गरिएको हो। यी विद्यालयका ५२३ विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन भइरहेको छ।

उक्त कक्षामा विषय विज्ञ, स्रोत शिक्षक तथा सेवानिवृत्त शिक्षकहरूको सहभागितामा अध्यापन गराइने व्यवस्था गरिएको छ। कम विद्यार्थी संख्या तथा न्यून नतिजा भएका अन्य विद्यालयहरू-प्रभात माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, भक्त विद्याश्रम माध्यमिक विद्यालय र नन्दी रात्रि माध्यमिक विद्यालय मा भने चैत ३ गतेपछि कक्षा सञ्चालन गरिने जनाइएको छ। दोस्रो चरणमा १०४ विद्यार्थी सहभागी हुनेछन्। दुवै चरण मिलाएर ६२७ विद्यार्थी कार्यक्रमबाट लाभान्वित हुने अनुमान गरिएको छ।

कार्यक्रमको शुभारम्भका क्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले परीक्षाप्रति देखिने मनोवैज्ञानिक दबाब घटाउँदै विद्यार्थीलाई आत्मविश्वासका साथ सहभागी हुन प्रेरित गर्ने तथा उत्तर लेखन सीप अभिवृद्धि गर्ने लक्ष्यसहित कक्षा सञ्चालन गरिएको बताइन्।

यस वर्ष महानगर क्षेत्रका सामुदायिक विद्यालयबाट करिब ४ हजार ५५७ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने अपेक्षा गरिएको छ। विभागका अनुसार २०८१ सालको एसइईमा सहभागीमध्ये ७८९ विद्यार्थीले ३.६१ देखि ४ जिपिए प्राप्त गरेका थिए, जसमध्ये १७ जनाले ४ जिपिए हासिल गरेका थिए। उक्त उपलब्धि अघिल्लो वर्षको तुलनामा ४४.७७ प्रतिशतले बढी रहेको तथ्यांक छ।