२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाको दाबी : ‘२०७४ यताका वर्ष दुर्भाग्यपूर्ण, ०८२-८७ स्वर्णिम काल बनाउँछौँ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले २०७४ देखि यताका आठ वर्ष नेपालको राजनीतिमा दुर्भाग्यपूर्ण अवधि रहेको टिप्पणी गरेका छन् ।

बिहीबार कर्णाली प्रदेशको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले २०७२ को संविधान कार्यान्वयन गर्नुपर्ने यी वर्ष नेपालमा सरकार बनाउने र ढलाउनेमै गुज्रिएको बताएका हुन् ।

‘२०७४ पछिको अवधि हाम्रा लागि दुर्भाग्यपूर्ण रह्यो,’ सभापति थापाले भने, ‘केबल सरकार बनाउने, सरकार भत्काउने, सरकार टिकाउने कुनै-कुनै रूपमा त्यसैको वरिपरि रहिरह्यो ।’

त्यसैका कारण संविधानमा सुनका अक्षरमा लेखिएका शब्द कार्यान्वयन हुन नसकेको उनले बताए । यो अवधिमा न मधेशको पीडा र कर्णालीको घाउ पनि थाहा नभएको उनले बताए ।

‘०५२ साल ०६३र६४ सम्म कर्णालीले भोगेको हिंसाभन्दा ठुलो केही थिएन,’ उनले भने, ‘त्यो हिंसाबाट बाहिर निस्काएपछि हामीले केही न केही गर्नुपर्थ्यो । त्यो हुन सकेन ।’

अबको समय खेर फाल्ने छुट नरहेको सभापति थापाले बताए । ‘अब २०८२ देखि ०८७ सम्मको पाँच वर्ष देश र जनतालाई हामी सबैभन्दा स्वर्णिम काल हामी बनाउँछौँ,’ उनले भने ।

बदलिएको काँग्रेसमा देशको उन्नतिको भोक रहेको उनले बताए । ‘पेटमा भोक छ, आँखामा सपना छ । हामी योजना बनाएर आएका छौँ, हामी सम्हालेर जान चाहेका छौँ,’ सभापति थापाले भने ।