२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाईभैँसीमा थुनेलो रोग

अ+ अ-

पर्वत । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने रोग थुनेलो परीक्षण गर्न थालेको छ । 

व्यावसायिक प्रयोजनका लागि गाईभैँसीपालन गरेका कृषकलाई थुनेलो रोगको सङ्क्रमणबाट उत्पादनमा ह्रास आउन नदिनका लागि कार्यालयले जिल्लाका सातवटै पालिकामा पुगेर थुनेलो परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको हो ।

 स्थानीय तहको सहकार्यमा व्यावसायिक रूपमा गाईभैँसीपालन गरिरहेका किसानको गोठमा पुगेर गाईभैँसीमा लाग्ने थुनेलो परीक्षण गरी आवश्यक औषधि उपचार गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए। 

कार्यालयले  जिल्लाको विहादी, पैँयू, मोदी, जलजला गाउँपालिकाका विभिन्न वडामा पुगेर गाईबस्तुको स्वास्थ्य परीक्षण गरेको छ । जिल्लाका  चार  स्थानीय तहमा  ५०० गाईभैँसीको थुनेलो परीक्षण  गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए। 

कार्यालयका अनुसार ५०० गाईभैँसीमा गरिएको थुनेलो परीक्षणमा १५० गाई भैँसीमा थुनोलो रोगको सङ्क्रमण भेटिएको छ । थुनेलो परीक्षणसँगै गाईबस्तुको गर्भ परीक्षण, कृत्रिम गर्भाधानमा देखिएका समस्या समाधानलगायका बारेमा  गोठमै पुगेर प्राविधिकले उपचार गरेका हुन् । रोग लागेका पशु चौपायाको लागि आवश्यक औषधिसमेत नि:शुल्क वितरण गरिएको छ । स्थलगत रूपमा गोठमै पुगेर प्राविधिक सेवा पाउँदा किसानहरूले आफूहरूलाई धेरै राहत पुगेको बताएका छन् ।

पहिले पहिले यस्ता खालका रोग लाग्दा उपचार नपाएर भैँसी मासुका लागि बिक्री गर्ने गरेको र गाई छाडा छाड्नुपर्ने अवस्थ भएकोमा अहिले उपचार सेवा पाएपछि फाइदा पुगेको जलजला–८ फर्सेका भक्तबहादुर केसीले बताए । 

कार्यालयले दोस्रो चरणको अभियानअन्तर्गत फलेवास नगरपालिका र कुश्मा नगरपालिकाका व्यावसायिक किसान तथा फार्ममा पुगेर गाईबस्तुको उपचार गर्ने योजना रहेको जनाएको  छ । कृषकको सहजताका लागि हरेक वर्ष दुई चरणमा गाईभैँसी, बाख्राको स्वास्थ्य परीक्षण गरेको छ । पर्वतमा यसअघि सबै पशुलाई पूर्ण खोपसमेत लगाइसकिएको कार्यालयले जनाएको छ ।