काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले छिमेकीबिचको सन्तुलन मिलाएर जानुपर्ने बताएका छन्।
बुटवलमा आयोजित चुनावी सभामा बोल्दै नेपाल भारत र चीनको बीचमा रहेकाले चर्को कुराले मात्रै नहुने बताए।
भूराजनीतिक संवेदनशीलतालाई पनि केन्द्रमा राखेर देशभित्र र बाहिर सबैलाई मिलाएर लैजान सक्ने पार्टी काँग्रेस मात्रै भएको जिकिर गरे।
उनले भने, ‘कुनै एउटा व्यक्ति आएर चमत्कार गर्ने होइन। तपाईँले मलाई प्रधानमन्त्री बनाउनुभयो, मैले प्रधानमन्त्री भएर चमत्कार गर्ने कसैले चमत्कार गर्दैन। कसैले चमत्कार गर्न पनि सक्दैन। डेमोक्रेसी भनेको चमत्कार व्यक्तिले गर्ने पद्धति नै होइन।’
उनले अबको पाँच वर्ष खेर जान नदिन आफूले टीम नेपालको काम गर्ने बताए। उनले धेरै उत्तेजनाको राजनीतिमा नबहकिन समेत आग्रह गरेका छन्।







