२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङको विद्यालयमा आधुनिक जलवायु मापन केन्द्र स्थापना

अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिका–५ थोँचेस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयमा वातावरणीय अध्ययन र वैज्ञानिक अनुसन्धानलाई सुदृढ बनाउने उद्देश्यले आधुनिक जलवायु मापन केन्द्र स्थापना गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाडौँ र लौजान विश्वविद्यालय, स्वीजरल्याण्डको संयुक्त सहकार्यमा रु चार लाखको लागतमा यो केन्द्र स्थापना गरिएको हो । केन्द्रमा वायुको तापक्रम, सापेक्षिक आद्र्रता, वर्षामापक, हावाको गति तथा दिशा मापन गर्ने उपकरण जडान गरिएको छ ।

त्रिवि मानवशास्त्र केन्द्रीय विभागकी उपप्राध्यापक डा नवीन पौडेल र त्रिविकै जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद दवाडीको विशेष पहलमा यो केन्द्र स्थापना भएको प्रधानाध्यापक पदमराज पन्थीले जानकारी दिए।

प्रधानाध्यापक पन्थीका अनुसार, “स्थानीय सरकार तथा सम्बन्धित प्राविधिक निकायको सहकार्यमा स्थापना गरिएको यो केन्द्रमार्फत क्षेत्रीयस्तरमै मौसमसम्बन्धी तथ्यांक संकलन र विश्लेषण गरिनेछ र शिक्षण–सिकाइमा सहजता ल्याउन सहयोग पुग्नेछ ।”

केन्द्रबाट संकलित तथ्यांकले दीर्घकालीन जलवायु प्रवृत्ति अध्ययन, मौसम पूर्वानुमान सुदृढीकरण, जलवायु परिवर्तनको प्रभाव विश्लेषण तथा प्राकृतिक विपद् जस्तै बाढीपहिरो र खडेरीको जोखिम मूल्यांकनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

नासोँ–५ का वडाध्यक्ष थुतेन लामाकाअनुसार समयमै उपलब्ध हुने वैज्ञानिक तथ्यांकले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरण रणनीति निर्माणमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ । केन्द्रले स्थानीय विद्यार्थीलाई व्यावहारिक सिकाइको अवसर प्रदान गर्नेछ । विद्यार्थीले प्रत्यक्ष रूपमा मौसममापन प्रक्रिया, तथ्यांक अभिलेखीकरण र विश्लेषण विधि अध्ययन गर्न सक्नेछन् । यसले विद्यार्थीमा वैज्ञानिक अनुसन्धानतर्फ अभिरुची वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

स्थानीय बासिन्दाले जलवायु मापन केन्द्रको स्थापनालाई क्षेत्रीय विकासको महत्वपूर्ण उपलब्धिको रूपमा मूल्यांकन गरेका छन् । वातावरण संरक्षण, कृषि उत्पादन सुधार र दिगो विकासका लागि आवश्यक नीति निर्माणमा केन्द्रबाट प्राप्त तथ्यांक प्रभावकारी आधार बन्ने विश्वास गरिएको छ ।