२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से  

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंकले बढेको छ । आगामी बिहीबारको प्रतिनिधिसभा निर्वाचनअघि अन्तिम दिनको सेयर कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको हो ।

सोमबार होलीका कारण सार्वजनिक बिदा छ । त्यसपछि सरकारले बिहीबारको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिएको छ । त्यसले गर्दा यो साता सेयर बजारमा कारोबार हुँदैन । निर्वाचन अघिको सेयर कारोबारमा लगानीकर्ताले सेयर मूल्य बढेर खरिद–बिक्री गरेका हुन् ।

आइतबार कारोबार सुरु हुँदा २६ अंकसम्मघटेको नेप्से मध्यमय पछि सुधार आएको थियो । आइतबार कारोबार सुरु हुँदा २६५४.९३ अंक रहेको नेप्से १९.२७ अंक बढेर २६७४.२० बिन्दु पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंक बढेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका मध्ये १ सय ८७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी ६४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन हुन सकेन । नेप्सेमा सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका सबै समूहगत परिसूचक बढेका छन् ।