काठमाडौँ । भक्तपुरको भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जनालाई पक्राउ गरिएको छ ।
गोरखाको पालुङटार नगरपालिका–९ घर भएका ३१ वर्षीय आयन सेढाइलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित पक्राउ परेका हुन् ।
भुम्डोल बस्दै आएका उनलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले राइफल र एसएलआरको ४ राउण्ड गोली, प्लाष्टिक राउण्ड २ वटा, सट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ ।
उनलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले बताए ।
उक्त राईफल तथा हतियारमा लाग्ने गोली जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आशंका गरिएको छ ।







