काठमाडौँ । रुपन्देही क्षेत्रनम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ ।
८ हजार ४६३ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २६९८ मत पाएर अग्रता लिएका हुन् ।नेपाली काँग्रेसका आशुतोष मिश्रले २२४७, रास्वपाका कन्हैया बनियाँले १८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९, जनमत पार्टीका भोपेन्द्र यादवले २१९ मत, राप्रपाका अनिउद्दिन खानले १२९ र नेकपाका बावुलाल यादवले ४७ मत पाएका छन् ।
गणना भएको मतमध्ये ५१० मत बदर भएको निर्वाचन अधिकृत टोपबहादुर विष्टले जानकारी दिएका छन् ।







