काठमाडौँ । दाङ क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टी(रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले फराकिलो मतान्तरले अग्रता लिएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५८३ मतसहित पछ्याइरहेका छन् ।
हालसम्म ३ हजार ९१५ मतगणना हुँदा रास्वपाका आचार्यले २ हजार ४२९ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका किरण किशोर घिमिरेले ३८७ मत मात्रै प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले २१३ मत पाएका छन् ।
दाङ–२ मा ८२ हजार ६०० मत खसेको छ ।







