काठमाडौँ । बाजुरामा जारी प्रतिनिधि सभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। प्रारम्भिक गणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार जनकराज गिरी अग्रस्थानमा देखिएका छन्।
प्राप्त विवरण अनुसार गिरीले ४९२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले नजिकबाट पछ्याइरहेका छन्। थापाले ४७० मत पाएका छन्।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका प्रकाशबहादुर शाहले १२७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हेमराज थापाले ८३ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणना हिमाली गाउँपालिका वडा नम्बर १, २ र ३ अन्तर्गत बिच्छयाँ क्षेत्रका मतपेटिकाबाट गरिएको निर्वाचन कार्यालयले जनाएको छ।







