२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जितको उन्मादमा सामाजिक सञ्जालमा जथाभाबी लेखे कारबाही गर्ने रास्वपाको चेतावनी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनको नतिजा आउँदै गर्दा जितको उन्मादमा सामाजिक सञ्जाल लगायतका माध्यममा जथाभाबी नलेख्न र संयमित रहन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

पार्टीको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा शनिबार जारी विज्ञप्तिमा यस्तो भनिएको हो । रास्वपाको अनुशासन आयोगले निर्देशनको अवज्ञा गरे कारबाही गर्ने चेतावनी समेत दिएको छ। 

‘जनताको अभिमतलाई उच्च मूल्यांकन गरी पूर्ण विश्वासका साथ जनादेशलाई ‘विजय उन्माद’ को रूपमा नलिई जिम्मेवारीप्रति पूर्ण बफादार रहँदै जबाफदेहीपूर्ण कार्य सम्पादन गर्नु हाम्रो कर्तव्य हुन आउँछ’, विज्ञप्तिमा भनिएको छ ।

आयोगले त्यस्ता अवाञ्छित कार्यहरू नगर्न र नगराउन सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ।

निर्वाचनको मत परिणाम आइरहँदा पार्टीका विभिन्न पङ्क्तिबाट सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरूमा अनावश्यक टीकाटिप्पणी र गतिविधिहरू बढेको महसुस भएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘त्यस्ता गतिविधिहरू भए गरेको कहीँकतै भेटिएमा पार्टीको विधान, कार्यविधि, आचारसंहिताका आधारमा आवश्यक कारबाही हुनेतर्फ आयोगले सम्पूर्णमा सचेत गराउँदछ’, विज्ञप्तिमा भनिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

साथै, निर्वाचनको पूर्ण परिणाम नआउन्जेल धैर्य धारण गर्न पनि कार्यकर्ताहरूलाई अनुरोध गरिएको छ।