२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनकुटामा समानुपातिकतर्फ पहिलो पार्टी एमाले

अ+ अ-

काठमाडौँ । धनकुटामा प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । सम्पन्न अन्तिम मत परिणाम अनुसार एमालेले समानुपातिकतर्फ १६ हजार ५ सय ६७ मत ल्याएको छ ।

धनकुटा एमालेले प्रत्यक्षतर्फ पनि जितेको जिल्ला हो । एमालेका राजेन्द्र राईले प्रत्यक्षतर्फ १८ हजार १ सय ३२ मत प्राप्त गर्दै निर्वाचित भएका थिए । प्रत्यक्षतर्फ तेस्रो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ दोस्रो दल बनेको छ । रास्वपाले धनकुटाबाट समानुपातिकतर्फ १४ हजार ६ सय ७९ मत पाएको छ ।

देशभर विजयको लहर ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले प्रत्यक्षतर्फ ९ हजार ९ सय ४४ मत मात्र पाएका थिए । त्यस्तै प्रत्यक्षतर्फ तेस्रो दल बनेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ १३ हजार ६ सय ९० मत पाउँदै तेस्रो दल बनेको छ । प्रत्यक्षतर्फ श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९ सय ३२ मत प्राप्त गरेका थिए ।

यता प्रत्यक्षतर्फ नेपाली काँग्रेसका दिनेश राईले १४ हजार २ सय ५७ मत प्राप्त गर्दै दोस्रो दल बनेको थियो । तर समानुपातिकतर्फ भने ८ हजार ६ सय ५१ मत मात्र प्राप्त गरी चौथो दलमा खुम्चिएको छ । प्रत्यक्षतर्फ निक्कै कम मत ल्याएको नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकतर्फ पनि उत्तिकै कम मत ल्याएको छ । नेकपाले १ हजार ६ सय ३४ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २ सय ५ मत पाएको भने जनता समाजवादी नेपालले १ हजार ३६ मत प्राप्त गर्दै क्रमशः छैटौँ र सातौँ स्थानमा रहेका छन् ।