काठमाडौँ । चैनपुर नगरपालिका–७ मा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । चैनपुर–७ फलाटेमाघाँस काट्ने क्रममा लडेर ४० वर्षीय रामबहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीषक तथा सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।
आज दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवाको आधारभूत अस्पताल चैनपुरमा पु(याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।







