२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढोरपाटनमा फैलिएको दादुरा महामारी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणमा आएको छ । उक्त दादुरा नियन्त्रणमा आएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

संघ, प्रदेशबाट गएका स्वास्थ्यकर्मी तथा स्थानीय तहका स्वास्थ्यकर्मीको पहलमा दादुरा नियन्त्रणमा आएको उनले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उक्त नगरपालिकाको ७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमित पुष्टि भएको छ । उनका अनुसार हाल नगरपालिकामा ७४ शंकास्पद बिरामी छन् ।

१४ नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनले जानकारी दिए । अहिले बिरामीको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ढोरपाटन नगरपालिकामा दादुराविरुद्धको विशेष खोप अभियान यही फागुन २९ गतेदेखि चैत १ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ ।

नगरपालिकाभित्र विद्यालयमा अध्ययनरत कक्षा ६ माथिका तथा १० वर्षदेखि २० वर्ष उमेर समूहका करिब सात हजार जनालाई दादुराविरुद्धको खोप सञ्चालन गरिने उनले बताए ।