२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘युवाको नेतृत्वमा नेपाल द्रुत विकासतर्फ अगाडि बढ्छ’ : डा. बाबुराम भट्टराई

अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको नेतृत्वमा नेपाल द्रुत विकासको मार्गमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

भारतको नयाँ दिल्लीमा आयोजित एनएक्स्टटी सम्मेलन अन्तर्गत प्रधानमन्त्रीहरूको गोलमेच सत्रमा बोल्दै भट्टराईले नयाँ राजनीतिक परिवर्तनसँगै नेपालले विकासको पिँधमा नरहँदै विश्वसँग समक्रममा अघि बढ्ने सम्भावना रहेको बताए।

उनले नेपाललाई अब भारत र चीनबीच सीमित अर्थतन्त्रको प्रभावमा नबाँधिने देश बनाउँदै दुई ठूला छिमेकीको बीचमा जीवन्त पुलको रूपमा अगाडि बढाउन सकिने उल्लेख गरे। बदलिँदो भूराजनीति र प्रविधिको विकाससँगै नेपालले आफ्नो परराष्ट्र नीतिलाई परिमार्जन गरी दुवै छिमेकीबाट लाभ लिनुपर्नेमा उनले जोड दिए।

स्विडेनका पूर्व प्रधानमन्त्री फ्रेडरिक रेनफेल्ड र अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मौरिसन सँगै एउटै मञ्चमा भट्टराईले नेपालको युवा जागरण र राजनीतिक परिवर्तनप्रति गर्व व्यक्त गरे।

सत्रमा डा. भट्टराईले चौथो औद्योगिक क्रान्ति, कृत्रिम बौद्धिकता र प्रविधिको तीव्र विकासले राजनीतिक अवधारणाहरूलाई पुन:परिभाषित गर्न आवश्यक रहेको औँल्याए। उनले पारम्परिक लोकतान्त्रिक भाष्यहरू २१औँ शताब्दीका चुनौतीहरूको सामना गर्न पर्याप्त नभएको बताए।

भट्टराईले भारतले पछिल्ला दशकहरूमा प्रविधि र विकासमा हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै दक्षिण एसियाको गरिबी निवारण र क्षेत्रीय रूपान्तरणमा नेतृत्व लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई आग्रह गरे।

भारतका प्रधानमन्त्री मोदीको ‘वसुधैव कुटुम्बकम्’ को धारणा उद्धृत गर्दै उनले भने, “प्रविधि र सूचना प्रवाहले विश्वलाई साँघुरो बनाएको छ। अब राष्ट्रको सीमाभन्दा माथि उठेर विश्व राजनीति र अर्थतन्त्रलाई पुनर्संरचना गर्ने समय आएको छ, र यसमा भारतले नेतृत्व लिनुपर्छ।”

उक्त सत्रमा विश्वको बदलिँदो शक्ति सन्तुलन, इन्डो-प्यासिफिक क्षेत्रको महत्त्व, तथा प्रविधिबाट उत्पन्न अवसर र चुनौतीहरूबारे तीनै जना पूर्वप्रधानमन्त्रीहरूले व्यापक मन्थन गरेका थिए।