काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा विभिन्न मुद्दाका फरार १६ जना प्रतिवादी पक्राउ गरेको छ । फागुन महिनामा फैसला कार्यान्वयनका लागि उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले यस अवधिमा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थाका १६ नाल भरुवा बन्दुकसमेत बरामद गरिएको जानकारी दिए ।
उनका अनुसार अपराध अनुसन्धानतर्फ फागुन महिनामा १५ वटा नयाँ मुद्दा दर्ता भएका छन् भने पुराना र नयाँ गरी २२ वटा मुद्दा फर्छ्यौट गरिएको छ ।







