२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

अ+ अ-

म्याग्दी । गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि योजना सञ्चालन भएका छन् ।

बेनीमा रहेको एकिकृत सेवा कार्यालय मार्फत सञ्चालित ती योजनाहरुका लागि प्रदेश सरकारले रु. एक करोड ४० लाख बजेट बिनियोजन गरेको छ । तीन वटा योजना सम्पन्न भइसकेका कार्यालयका नायव सुब्बा सुवास सुवेदीले जानकारी दिए ।

बाँकी योजनाहरुको सर्वेक्षण, डिजाइन(नक्साङकन) लागत अनुमान तयार, सम्झौता र कार्यान्वयनको चरणमा रहेका छन् । रु. पाँच/पाँच लाख बजेट बिनियोजन भएको बेनपा–९ को ढाडा पधेरा आरोटा, पाखाथर र रघुगंगा गाउँपालिका–३ को गलेश्वर–बगैचा पदमार्ग निर्माण सम्पन्न भएको हो ।

मालिका गाउँपालिका–७ मा प्रभुचेला ध्यानाश्रम, बिम–डाडागाउँ पदमार्गलाई रु। १०/१० लाख, मालिका –३ को लामखोरिया–डाडागाउँ र मालिका–४ को गौखोरे–मतौका पदमार्गलाई रु. छ/छ लाख बिनियोजन भएको छ । रु. पाँच लाख बजेट बिनियोजन भएको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङ झरना पर्यटन पूर्वाधार निर्माण योजना पनि सम्पन्न भएको छ ।

रु. १० लाख बजेट बिनियोजन भएको चिमखोला देखि काली बराह पदमार्ग र रु. आठ लाख बजेट बिनियोजन भएको धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ पदमार्ग निर्माणाधिन रहेको छ । रु.पाँच/पाँच लाख बजेट रहेको बेनी नगरपालिकाको बराहपाखो पदमार्ग, लभ्लिडाडा घेराबार र सनातन धार्मिक आश्रम घेराबार तथा उद्यान निर्माण योजना कार्यान्वयनको चरणमा रहेका एकिकृत सेवा कार्यालय म्याग्दीका प्रमुख सम्शेर घर्ती क्षेत्रीले बताए ।

मंगला गाउँपालिका–४ को गम्फाधुरी – दापु– छहरा पूर्वाधार, मालिकाको बिम तल्लो गाउँ मान्थान देखि प्रभुचेला पदमार्ग र मालिका धुरी आधुनिक पूर्वाधार योजना कार्यान्वयनको चरणमा छन् । रघुगंगा गाउँपालिकाको फुलडाडा पदर्मा, मुलपानी देखि भगवती स्वास्थ्यचौकी जैसिखोर, खइसे धौलागिरी आइसफल पदमार्ग डिपिआर र गायत्री मन्दीर उद्यान निर्माण योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको टिकोट –सोबन्ध पदमार्ग, मारका पदमार्ग, चित्रे हुदै घान्द्रुक देउराली पदमार्ग र फगाम–सुवा–दुवारी–मतिचौर पर्यटन पदमार्ग योजना निर्माणाधिन रहेका छन् । पर्यटनतर्फ हालसम्म १६ योजनाहरुको सम्झौता भइसकेको एकिकृत सेवा कार्यालयले जनाएको छ ।