२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानमा प्रदर्शनसँग सम्बन्धित घटनामा तीन जनालाई मृत्युदण्ड

अ+ अ-

काठमाडौँ । इरानमा सरकारविरुद्ध भएको प्रदर्शनसँग जोडिएको घटनामा तीन जना व्यक्तिलाई मृत्युदण्ड दिइएको जनाइएको छ। उनीहरूलाई प्रहरी अधिकारीको हत्या आरोपमा दोषी ठहर गर्दै फाँसी दिइएको हो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार दुई जना सुरक्षाकर्मीको ज्यान गएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरूलाई सजाय कार्यान्वयन गरिएको उल्लेख छ। त्यस्तै अल जजीराले पनि इरानी सञ्चार स्रोत उद्धृत गर्दै सोही विषयमा समाचार सार्वजनिक गरेको छ।

सन् २०२६ को प्रारम्भतिर इरानमा सरकारविरुद्ध व्यापक प्रदर्शन भएको थियो, जसलाई नियन्त्रण गर्न सुरक्षा निकायले कडा कदम चालेको बताइन्छ। विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टअनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मीबाट चलाइएको गोलीका कारण हजारौँ प्रदर्शनकारीको ज्यान गएको दाबी गरिएको छ।

यस सम्बन्धमा केही स्रोतहरूले मृत्यु हुनेको संख्या ३ हजारभन्दा बढी रहेको उल्लेख गरेका छन् भने अन्य प्रतिवेदनहरूमा यो संख्या अझै उच्च हुन सक्ने आँकलन गरिएको छ।

ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सीका विवरणअनुसार अहिलेसम्मको दमनात्मक कारबाहीमा ६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि गरिएको छ। साथै ११ हजारभन्दा बढी घटनामा अनुसन्धान प्रक्रिया जारी रहेको जनाइएको छ।