काठमाडौँ । नारायणघाट-बुटवल सडक आयोजना अन्तर्गत दुम्कीबास-दाउन्ने-बर्दघाट खण्डमा केही समयका लागि सवारी सञ्चालन रोकिने व्यवस्था लागू गरिएको छ।
आयोजनाको पश्चिम खण्ड कार्यालयले जारी गरेको सूचनाअनुसार चैत ६ गतेदेखि ८ गतेसम्म लगातार तीन रात बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको हो।
कार्यालयका अनुसार वर्षाका कारण सडक सतह चिप्लो भई सवारी साधन फस्ने तथा दुर्घटनाको जोखिम बढेकाले यस्तो निर्णय गरिएको हो। यस अवधिमा बर्दघाटतर्फ जाने सवारी साधन त्रिवेणी चोकमै रोकिने व्यवस्था मिलाइएको जनाइएको छ।
यद्यपि, आकस्मिक सेवासँग सम्बन्धित सवारी साधनलाई भने आवागमनमा सहुलियत दिइने बताइएको छ।







