२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरान युद्धमा लक्ष्यको करिब छौँ, बिस्तारै युद्ध रोक्नेबारे सोच्दैछौँ : ट्रम्प

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धमा अमेरिका लक्ष्यको करिब पुगिसकेको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्रूथमा अभिव्यक्ति सार्वजनिक गर्दै ट्रम्पले लक्ष्यको करिब पुगिसकेकाले बिस्तारै युद्ध रोक्नेबारे सोचिरहेको पनि उल्लेख गरेका छन् ।

‘हामी इरानको आतंकी शासनको सन्दर्भमा मध्यपूर्वमा आफ्नो ठुलो सैन्य अभियान विस्तार–बिस्तारै समाप्त गर्नेबारे सोचिरहेका छौँ,’ ट्रम्पले लेखेका छन्, ‘किनकि हामीले आफ्नो लक्ष्यको निकै नजिक पुगिसकेका छौँ ।’

अमेरिका र इजरायलले आफूमाथि सैन्य हमला गरेपछि इरानले समुद्री नाका स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गरेको छ । जसले विश्वको सबैभन्दा ठुलो तनाव सिर्जना गर्दै विश्वभर ऊर्जा संकट निम्त्याएको छ ।

त्यसबारे ट्रम्पले अमेरिकालाई त्यसको सुरक्षाबारे चिन्ता नभएको आशय व्यक्त गरेका छन् । उनले अगाडि भनेका छन्, ‘त्यसको सुरक्षाको निगरानी गर्ने जिम्मा ती देशले उठाउनुपर्छ, जसले त्यसको प्रयोग गर्छन् ।’
यद्यपि ती देशले अमेरिकासँग होर्मुजको सुरक्षाका लागि सहयोग मागे त्यसमा मद्दत भने गर्ने प्रतिबद्धता जनाएका छन् । ‘तर, इरानको खतरा सकिएपछि हाम्रो सहयोग पनि आवश्यक पर्ने छैन । किनकि ती देशका लागि त्यो सजिलो सैन्य अभ्यास हुनेछ,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले हालसम्मको युद्धमा इरानको मिसाइल क्षमता पूरा नष्ट गरिसकेको, इरानको सैन्य औद्योगिक आधारलाई ध्वस्त पारेको र इरान कहिल्यै पनि परमाणु हतियार बनाउनको नजिकसम्म नपुगोस् भनेर सुनिश्चित भइसकेको दाबी गरेका छन् ।