२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पानीको संरक्षण गर्नु साझा जिम्मेवारी हो : उपराष्ट्रपति

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् । विश्व पानी दिवस, २०२६ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन, “पानी जीवनको आधार हो, यसको संरक्षण र समुचित उपयोग हाम्रो साझा जिम्मेवारी हो ।”

उपराष्ट्रपति यादवले पछिल्लो समय पानी संकटको गम्भीर चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनले हिमनदी पग्लिने दर बढाएको बताएका छन् । सन्देशमा भनिएको छ, “भूमिगत पानीको स्तर घट्दै गएको छ, विशेषत: तराई–मधेसमा यो समस्या गम्भीर छ, पहाडी भूभागका झरना र प्राकृतिक स्रोतहरू सुक्दै गएका छन्, प्रदूषण, अव्यवस्थित संरचना र कमजोर व्यवस्थापनले जलासयहरूको क्षमता घटाएको छ ।” यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सबैले मिलेर काम गर्नुपर्ने र पानीको संरक्षण वातावरणीय मुद्दामात्र होइन, राष्ट्रिय अस्तित्व र भविष्यको प्रश्न पनि भएको उनको भनाइ छ ।

नेपाल जलस्रोतमा धनी देश भए पनि त्यसको उपयोग र संरक्षणमा अझै सक्षम बन्न नसकेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नदी, ताल, झरना र भूमिगत पानीको दीर्घकालीन संरक्षणका लागि वैज्ञानिक दृष्टिकोण टड्कारो भएको बताएका छन् । स्थानीय समुदायलाई सहभागी गराएर पानीको स्रोत व्यवस्थापन गर्दै आधुनिक प्रविधि प्रयोग गरी पानीको भण्डारण, पुन:उपयोग र शुद्धीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

उपराष्ट्रपति यादवले भनेका छन्, “विश्व पानी दिवसले हामीलाई पानीको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्ने, भावी पुस्ताका लागि सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउने, पानीको न्यायपूर्ण पहुँच सुनिश्चित गर्दै सामाजिक समानता बलियो बनाउने, हिमनदी, आद्र्रभूमि र प्राकृतिक स्रोतहरूको संरक्षणलाई सामूहिक अभियानका रूपमा अगाडि बढाउने, महिलाहरूको आवाजलाई सुन्ने र उनीहरूको भूमिकालाई मान्यता दिने संकल्प लिन प्रेरित गर्न सकोस् ।”