२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न काँग्रेसको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग औपचारिक माग गर्ने निर्णय गरेको छ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा जेन जेड आन्दोलनसम्बन्धी घटनाको अध्ययनका लागि गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठेपछि यस्तो निष्कर्ष निकालिएको हो। उक्त आयोगको नेतृत्व पूर्वन्यायाधीश गौरीबहादुर कार्की ले गरेका थिए।

महामन्त्री प्रदीप पौडेलका अनुसार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्वभित्र पर्ने विषय भएकाले त्यसका लागि पार्टीले औपचारिक रूपमा ध्यानाकर्षण गराउने छ।

भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि सरकारले आयोग गठन गरेको थियो। आयोगले करिब छ महिनाभन्दा बढी समय लगाएर प्रतिवेदन तयार गरी सरकारसमक्ष बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।

उक्त प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित विभिन्न पक्षबाट दबाब बढ्दै गएको सन्दर्भमा काँग्रेसले पनि यस विषयलाई प्राथमिकताका साथ उठाउने जनाएको छ।