२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुमति बिना गुजरगानो संकलन र ओसारपसार नगर्न वन कार्यालयको आग्रह

अ+ अ-

काठमाडौँ । डिभिजन वन कार्यालय गुल्मीले विभिन्न वन क्षेत्रबाट गुजरगानोको अनियन्त्रित संकलन तथा ढुवानी रोक्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।

वन स्रोतको दुरुपयोग र अव्यवस्थित संकलनका गतिविधि बढ्दै गएको सन्दर्भमा कार्यालयले यस्तो आग्रह गरेको हो।

कार्यालयका अनुसार राष्ट्रिय, सामुदायिक, सार्वजनिक तथा निजी वन क्षेत्रबाट आवश्यक अनुमति नलिई गुजरगानो संकलन गर्ने र एक स्थानबाट अर्को स्थानमा सार्ने प्रवृत्ति देखिएको छ। यसले वन व्यवस्थापनमा चुनौती सिर्जना गरेको भन्दै कानुनी प्रक्रिया पालना गर्न सबैलाई सचेत गराइएको छ।

डिभिजन वन कार्यालयले अनुमति विना गरिने यस्ता गतिविधि पहिचान भएमा प्रचलित कानुनअनुसार कारबाही हुने स्पष्ट चेतावनी पनि दिएको छ।

डिभिजन प्रमुख दयाराम पौडेलले राजस्व दाखिला नभएको अवस्थामा गुजरगानोको निकासीका लागि सिफारिस नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै वन स्रोतको वैधानिक उपयोग सुनिश्चित गर्न जोड दिएका छन्।