२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेक्का सम्झौताअनुसार काम नगर्ने ठेकेदारलाई कारवाही अघि बढायो टेम्केमैयुङले

अ+ अ-

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारवाही अघि बढाएको छ । आर्थिक वर्ष २०७७/७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई कारवाही अघि बढाएको हो ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनी भूमि हिमालयन जेभी विराटनगरलाई आवश्यक स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्क आउन निर्देशन दिएको छ । तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रचलित ऐन, नियमावली तथा सम्झौताअनुसार एकतर्फी रूपमा कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।

समयमा काम सम्पन्न नगरेको, निर्माणस्थल अलपत्र छाडिएको तथा पटकपटक ताकेता गर्दासमेत सम्पर्कमा नआएको भन्दै सम्बन्धित निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख गरिएको छ । गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा सम्झौतामा गरिएको शर्तबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सकिने जनाएको छ । कानुनी प्रावधानअनुसार ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने वा अन्य प्रशासनिक कारबाहीसमेत हुनसक्ने संकेत गरिएको छ ।

निर्माण निर्धारित समयमै सम्पन्न नहुँदा स्थानीय बासिन्दाले स्वास्थ्य सेवा विस्तारमा ढिलाइ भएको गुनासो गर्दै आएका छन् । अस्पताल भवन निर्माण ढिलाइ हुँदा सेवाग्राहीले आवश्यक स्वास्थ्य सुविधा समयमै नपाउने अवस्था सृजना भएको छ । यस किसिमको गैर जिम्मेवार व्यवहारप्रति कडाइ गर्दै सार्वजनिक विकास निर्माणलाई प्रभावकारी र समयमै सम्पन्न गराउन स्थानीय तह प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।