२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश प्रमुख भट्टले भने : ‘नैतिकवान, अनुशासित र जिम्मेवार कर्मचारीबाट मात्र प्रभावकारी सेवा सम्भव छ’

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नैतिकता, अनुशासन र जिम्मेवारीसहित राष्ट्रप्रति सकारात्मक दृष्टिकोण भएका कर्मचारीबाट मात्र सरकारी सेवा प्रभावकारी बन्न सक्ने धारणा व्यक्त गरेका छन्।

प्रदेश लोक सेवा आयोग गण्डकीको पाँचौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले योग्य, निष्पक्ष र पारदर्शी प्रक्रियामार्फत कर्मचारी छनोट गर्ने आयोगको भूमिकाको प्रशंसा गरे। प्रदेश तथा स्थानीय तहका लागि आवश्यक जनशक्ति आपूर्तिमा आयोगले प्रदेश कानुनअनुसार आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको उनको भनाइ थियो।

उनले हाल सरकारी सेवाप्रति युवाहरूको आकर्षण बढ्दै गएको, प्रविधिको तीव्र विकास भइरहेको तथा प्रतिस्पर्धा थप तीव्र बनेको सन्दर्भमा आयोगले आफ्नो कार्यप्रणालीलाई समयानुकूल सुधार र सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

सरकारी सेवामा प्रवेश गर्ने नागरिकका लागि लोक सेवा आयोग विश्वास र भरोसाको केन्द्रका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले निष्पक्षता र गुणस्तरमा कुनै सम्झौता नगरी स्वतन्त्र संस्थाको हैसियत कायम राख्न आग्रह गरे।

साथै, सक्षम व्यवस्थापकीय क्षमता, इमानदार र विषयगत दक्षता भएका जनशक्ति उत्पादन गर्न तालिम, अभिमुखीकरण तथा छनोट प्रक्रियामा समयसापेक्ष सुधार आवश्यक रहेकोमा पनि उनले जोड दिए।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश तथा स्थानीय तहका लागि आवश्यक दक्ष जनशक्ति व्यवस्थापनमा प्रदेश लोक सेवा आयोगले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए।

प्रदेश लोक सेवा आयोग गण्डकीका अध्यक्ष विष्णुप्रसाद नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभामुख कृष्णप्रसाद धिताल, प्रतिपक्ष दलका नेता हरिबहादुर चुमान, प्रमुख सचिव डण्डुराज घिमिरे तथा आयोगका सदस्यहरू योगेन्द्र गौचन र कल्पना लम्सालले पनि आयोगको भूमिका र आगामी कार्यदिशाबारे धारणा व्यक्त गरेका थिए।