१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडक स्तरोन्नति थालिएको छ । 

मालिका गाउँपालिकाले यस सडकको बतासे–फूलबारी खण्डमा स्तरोन्नतिका लागि आयोजना शुरु गरेको हो । विसं २०६६ मा मार्ग खुलेको यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुँदै आएको थियो । 

प्रदेश समपूरक शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु. एक करोड बजेट विनियोजन गरेको यस आयोजना निर्माणका लागि मंगला कन्ट्रक्सन बाबियाचौरले रु. ६५ लाख २३ हजार चार सय ३२ मा गत माघ २६ गते ठेक्का सम्झौता गरेको छ । 

आगामी असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्य अघि नै सम्पन्न गर्ने कार्ययोजना अनुसार पहिलो चरणमा डोजर परिचालन गरेर सडक फराकिलो पार्ने कामलाई तीव्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि चक्रलाल पाण्डेले बताए । 

हाल तीन दशमलव पाँच देखि चार मिटर चौडाइ भएको सडकलाई कम्तीमा छ मिटर फराकिलो पार्न भित्ता काट्ने काम भइरहेको छ । फराकिलो पारेपछि करिब पाँच सय मिटर दुरीमा नाली, ग्रेड, घुम्ती मिलाउने, ग्यावीयन, पलम पर्खाल निर्माण र ढलान गरिने निर्माण व्यवसायी पाण्डेले बताए । 

मालिका गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख दिपक सापकोटाका अनुसार यस आयोजना मार्फत ११ हजार घन मिटर भित्ता काट्ने, चार सय ४५ घन मिटर ग्यावीयन जालीको पर्खाल, दुई सय ५४ घन मिटर नाली, दुई सय ५० घन मिटर ढलान र २७ घन मिटर पलम पर्खाल निर्माण हुनेछ। 

यसअघिको वर्षमा थापाचौर देखि देविस्थान जाने घुम्ती सम्मको खण्डमा स्तरोन्नति भएको थियो । यो सडक मालिका गाउँपालिकाको ४, २, ३ नम्बर वडाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्छन् । यो मालिका गाउँपालिकाको चालु आर्थिक वर्षको प्राथमिकताप्राप्त आयोजना भएको प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालले बताए।